Rule 192
निर्देशिका बनाउन सक्ने
मन्त्रालयले ऐन र यस नियमावलीको अधीनमा रही देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछः–
(क) अनौपचारिक शिक्षाको सञ्चालन सम्बन्धी,
(ख) दूर शिक्षाको सञ्चालन सम्बन्धी,
(ख१) प्रशिक्षार्थी आवास गृह सञ्चालन सम्बन्धी,
(ग) विशेष शिक्षाको सञ्चालन सम्बन्धी,
(घ) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन सम्बन्धी,
(ङ) विद्यालय शिक्षासँग सम्बन्धित अन्य विषय सम्बन्धी,
(च) सहयोगी पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रकाशन गर्ने सम्बन्धी,
(छ) विद्यालयको सम्पतिको संरक्षण र उपयोग सम्बन्धी ।